News
नेपाली यु-२० फुटबल टोलीको मुख्य प्रशिक्षकमा उर्जन
काठमाडौ । नेपाली राष्ट्रिय यु-२० फुटबल टोलीको मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठ नियुक्त भएका छन । श्रेष्ठलाई बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरन राईले नियुक्तिपत्र हस्तान्तरण गरे ।
त्यस्तै टोलीको सहायक प्रशिक्षकमा सचिन्द्र धिमाल नियुक्त भएका छन भने गोलकिपिङ प्रशिक्षकमा राजु सिंह नियुक्त भएका छन । सो अवसरमा एन्फाका उपाध्यक्ष दावा लामाको पनि उपस्थिति रहेको थियो ।
स्मरण रहोस, आउँदो अगस्त १६ देखि २८ तारीखसम्म नेपाल मै साफ यु-२० च्याम्पियनसिप आयोजना हुँदैछ । त्यसकै लागि टोली तयार पार्न अहिले एन्फाले खुला छनौट कार्यक्रम पनि आयोजना गरिरहेको छ । र, खेलाडी छ्नौट गरि छिटै बन्द प्रशिक्षण पनि शुरु हुनेछ ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)