News
मोरङ जिल्ला ए डिभिजन लिग विजेता सम्राट स्पोर्टिङका खेलाडीहरु सम्मानित

बिराटनगर । मोरङ जिल्ला ए डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि जित्न सफल सम्राट स्पोर्टिङ क्लबले आफ्ना खेलाडीहरुलाई एक कार्यक्रमका बिच सम्मान गरेको छ ।
शनिबार एक कार्यक्रमको आयोजना गरी लिग विजेता खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले सम्मान गरेका हुन् । सोही अवसरमा क्लबलाई सहयोग गर्ने अन्य व्यक्तित्व तथा संघसंस्थाहरुलाई समेत सम्मान गरिएको थियो ।
सो अवसरमा बिराटनगरका पूर्व प्रधानपञ्च रामकृष्ण भट्टराई, क्लबका संरक्षक सन्तोष बानियाँ, बिराटनगर महानगरपालिका वडा नम्बर ३ का अध्यक्ष बासु बस्नेत, वडा नम्बर ३ कै पूर्व अध्यक्ष बिनोद बस्नेत, युवा समाजसेवी कृष्ण कार्की लगायतको उपस्थिति रहेको थियो ।
Post Comments
Related News