निजगढ । यहाँ निर्माण गरिएको शहिद हिरालाल रंगशालाको अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतको टोलीले अवलोकन र निरीक्षण गरेका छन् । सो अवसरमा अध्यक्ष नेम्वाङले रंगशालाको स्तरोन्नति र समग्र मधेश प्रदेश कै फुटबल गतिविधिलाई निरन्तर चलायन बनाउन आफ्नो तर्फबाट सकेको पहल गर्ने बताए । साथै सो अवसरमा अध्यक्ष नेम्वाङले त्यहाँ नियमित प्रशिक्षण लिने बाल खेलाडीहरुसँग भेटघाट र अन्तरक्रिया सaमेत गरेका थिए ।
सो अवसरमा निजगढ नगरपालिका वडा नम्बर ९ मा रहेको रंगशालाको डिपिआर अनुसारको कार्य सम्पन्न गर्न सकेमा मधेश प्रदेश कै नमूना राष्ट्रियस्तरको रंगशाला निर्माण हुने निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले बताए । साथै उनले त्यसका लागि सबै खेल क्षेत्रबाट सहयोग र समन्वय गर्नुपर्ने समेत बताए ।
सोही अवसरमा एन्फाका उपाध्यक्ष दावा लामा, बारा जिल्ला फुटबल संघका अध्यक्ष रामचन्द्र लामा, रौतहट फुटबल संघका अध्यक्ष भगवान दर्लामी, बारा जिल्ला उपाध्यक्ष राजकिशोर धामी, जिल्ला खेलकुद बिकास समिति का कार्यलय प्रमुख हेम लाल श्रेष्ठ, वडा अध्यक्षहरु ज्ञान बहादुर गोले, रामचन्द्र कटुवाल, टेक बा लामा, सोनु लामा, रंगशाला ब्यवस्थापन समिती अध्यक्ष गोकुल न्यौपाने, एनएफसीका अध्यक्ष शम्भु थापामगर लगायतको उपस्थिति रहेको थियो ।

- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)