News
एन्फा युथ लिग खेल्ने एनआरटीको स्क्वाड घोषणा
काठमाडौं । बहुप्रतिक्षित एन्फा युथ लिग यु–१८ ए डिभिजन फुटबल प्रतियोगिता खेल्ने तयारीमा रहेको न्युरोडटिम (एनआरटी) ले आफ्नो फाइनल स्क्वाड घोषणा गरेको छ ।
एनआरटीले आइतबार आफ्नो आधिकारिक क्लबको पेजमार्फत युथ लिग खेल्ने ३० सदस्यीय स्क्वाडको घोषणा गरेको हो । क्लबका अनुसार टोलीमा परेका बढी जसो खेलाडीहरु क्लबकै एकेडेमीबाट उत्पादित रहेको जनाएको छ ।
स्मरण रहोस, एन्फा युथ लिग यही असार ३० गतेदेखि शुरु हुँदैछ । साथै लिगको खेलतालिका यही असार २६ गते सार्वजनिक गर्ने एन्फाले जनाईसकेको छ । लिगमा कुल १२ ए डिभिजन क्लबहरुले सहभागिता जनाउने छन् ।
Post Comments
Related News
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान