News संकटासँग मच्छिन्द्र पराजित
गोलनेपाल

काठमाडौं । एन्फा युथ लिग खेल्ने तयारीमा रहेका दुई टोली संकटा क्लब र मच्छिन्द्र फुटबल क्लबको यु–१८ टोलीले मैत्रीपूर्ण अभ्यास म्याच खेलेका छन् ।

आइतबार सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा संकटा यु–१८ ले मच्छिन्द्र यु–१८ लाई २–१ ले हरायो । दुवै टिमले युथ लिग शुरु हुनु अघि टिम एक्सपोजरका रुपमा मैत्रीपूर्ण अभ्यास म्याच खेलिएको बतायो । साथै मैत्रीपूर्ण अभ्यास खेलले युवा खेलाडीहरुलाई लिगको थप तयारी गर्न सहज हुने विश्वास दुवै क्लबले लिएको छ । 

स्मरण रहोस, एन्फा युथ लिग यही असार ३० गतेदेखि शुरु हुँदैछ । साथै लिगको खेलतालिका यही असार २६ गते सार्वजनिक गर्ने एन्फाले जनाईसकेको छ । लिगमा कुल १२ ए डिभिजन क्लबहरुले सहभागिता जनाउने छन् ।

Post Comments