News
संकटासँग मच्छिन्द्र पराजित
काठमाडौं । एन्फा युथ लिग खेल्ने तयारीमा रहेका दुई टोली संकटा क्लब र मच्छिन्द्र फुटबल क्लबको यु–१८ टोलीले मैत्रीपूर्ण अभ्यास म्याच खेलेका छन् ।
आइतबार सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा संकटा यु–१८ ले मच्छिन्द्र यु–१८ लाई २–१ ले हरायो । दुवै टिमले युथ लिग शुरु हुनु अघि टिम एक्सपोजरका रुपमा मैत्रीपूर्ण अभ्यास म्याच खेलिएको बतायो । साथै मैत्रीपूर्ण अभ्यास खेलले युवा खेलाडीहरुलाई लिगको थप तयारी गर्न सहज हुने विश्वास दुवै क्लबले लिएको छ ।
स्मरण रहोस, एन्फा युथ लिग यही असार ३० गतेदेखि शुरु हुँदैछ । साथै लिगको खेलतालिका यही असार २६ गते सार्वजनिक गर्ने एन्फाले जनाईसकेको छ । लिगमा कुल १२ ए डिभिजन क्लबहरुले सहभागिता जनाउने छन् ।
Post Comments
Related News
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- बिरगन्ज युनाइटेडको ग्रासरुट फुटबल सञ्चालन
- होलिल्याण्ड र एनएमएलाई बाँके जिल्ला स्तरीय मेयर कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- जहदा एफसी बन्यो च्याम्पियन