News
एन्फा कम्युनिटी कोचिङ कोर्ष सम्पन्न

काठमाडौं । स्वयम्भु क्लबको आयोजनामा भएको चार दिने एन्फा कम्युनिटी कोचिङ कोर्ष सम्पन्न भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा सम्पन्न भएको कोर्षमा कुल ३९ प्रशिक्षार्थीहरुले सहभागिता जनाएका थिए ।
समापन कार्यक्रममा एन्फाका केन्द्रिय अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतका अतिथीहरुले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।
Post Comments