News मनाङ र मच्छिन्द्रको विजयी शुरुवात
गोलनेपाल

काठमाडौं । एन्फा युथ लिग यु–१८ फुटबल प्रतियोगिता अन्तर्गत मनाङ मस्र्याङ्दी क्लब र मच्छिन्द्र फुटबल क्लबले विजयी शुरुवात गरेका छन् ।

मंगलबार भएको पहिलो खेलमा मनाङले संकटा क्लबमाथि १–० को जित निकाल्यो । एन्फा कम्प्लेक्समा भएको खेलमा मनाङका लागि बिशाल चन्दले एक मात्र निर्णायक गोल गरे ।

अर्को खेलमा मच्छिन्द्रले त्रिभुवन आर्मी फुटबल क्लबमाथि समान १–० को जित निकाल्यो । कबिर तामाङले गरेको एक मात्र गोल मच्छिन्द्रलाई महत्वपूर्ण तीन अंक दिलाउन निर्णायक बन्यो ।

डबल राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा कुल १२ टोलीहरु सहभागि छन् । लिगको शिर्ष स्थान हासिल गर्ने टोली विजेता बन्नेछ । विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने दोस्रो स्थान हासिल गर्ने टोलीले ५० हजार प्राप्त गर्नेछ ।

Post Comments