News
यु–२० टोलीको फिजियोथेरापिस्टमा अनिष बुढाथोकी
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय यु–२० फुटबल टोलीको फिजियोथेरापिस्टमा अनिष बुढाथोकीलाई नियुक्त गरेको छ । एन्फा महासचिव किरन राईले बुढाथोकीलाई मंगलबार नियुक्तिपत्र समेत हस्तान्तरण गरे ।
स्मरण रहोस, आउँदो अगस्तु १८ देखि २८ तारीखसम्म नेपाल मै साफ यु–२० च्याम्पियनसिप आयोजना हुँदैछ । हाल नेपाली युथ टोली त्यसकै लागि बन्द प्रशिक्षणमा समेत छ । प्रतियोगिताको समूह ए मा रहेको नेपालले बंगलादेश र श्रीलंकासँग खेल्नेछ । समूह बी मा भारत, माल्दिभ्स र भुटान रहेका छन् ।
नेपालले उद्घाटन खेलमै १८ अगस्तका दिन श्रीलंकासँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ । प्रत्येक समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । भारत प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन समेत हो ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)