News चर्च ब्वाईजको जिम्मेवारी बालगोपाल कै हात
गोलनेपाल

काठमाडौं । एएफसी च्यालेञ्ज लिग खेल्ने तयारीमा रहेको नेपालको लिग च्याम्पियन चर्च ब्वाईज युनाइटेडको मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन नै कायम रहेका छन् । त्यस्तै टोलीको सहायक प्रशिक्षक रमेश दंगल रहेका छन् ।

स्मरण रहोस, चर्च ब्वाईजले एएफसी च्यालेञ्ज लिग कै लागि भनेर नेपालका अधिकांश चीचृत खेलाडीहरुलाई आफ्नो स्कवाडमा सामेल गरिसकेको छ । जसमा अन्जन बिष्ट, अनन्त तामाङ, लाकेन लिम्बु, एरिक बिष्ट, दिप कार्की, आयुष घलान जस्ता खेलाडीहरु सामेल छन् ।

चर्च ब्वाईजले एएफसी च्यालेञ्ज लिगको प्रारम्भिक चरणतर्फ आउँदो अगस्त १३ तारीखका दिन भुटानको पारो फुटबल क्लबसँग खेल्ने कार्यक्रम छ । जुन खेल दशरथ रंगशालामा हुने तय भईसकेको छ ।

Post Comments