News
एन्फा युथ लिगमा सोमबार दुवै खेल बराबरीमा टुंगिए
काठमाडौं । एन्फा युथ लिग फुटबल प्रतियोगिता अन्तर्गत सोमबार भएका दुई खेलहरु समान अन्तरको नतिजासहित बराबरीमा टुंगिएका छन् ।
एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा मच्छिन्द्र फुटबल क्लबले सातदोबाटो युथ क्लबसँग र चर्च ब्वाईज युनाइटेडले संकटा क्लबसँग समान १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।
पहिलो खेलमा मच्छिन्द्रका लागि रोनिक राना मगरले गोल गरे भने सातदोबाटोका लागि आदेश लामाले गोल फर्काएका थिए ।
त्यस्तै दोस्रो खेलमा चर्च ब्वाईजका लागि अनिष श्रेष्ठले गोल गर्दा संकटाका लागि दिवस राईले गोल गरेका थिए ।
डबल राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा कुल १२ टोलीहरु सहभागि छन् । लिगको शिर्ष स्थान हासिल गर्ने टोली विजेता बन्नेछ । विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने दोस्रो स्थान हासिल गर्ने टोलीले ५० हजार प्राप्त गर्नेछ ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)