काठमाडौं । एन्फा युथ लिग अन्तर्गत तेस्रो चरणको खेलहरु समापन हुँदासम्म लिगतालिकामा मनाङ मस्र्याङ्दी क्लब शिर्षता बनाउँदा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले पहिलो अंक जोडेको छ ।
मंगलबार एन्फा कम्प्लेक्समा भएको खेलमा मनाङले जावलाखेल युथ क्लबमाथि शून्यका विरुद्ध १ गोलको झिनो अन्तरको जित निकाल्यो । मनाङका लागि सुजल डंगोलले एक मात्र निर्णायक गोल गरे ।
यो जितपछि ३ खेलबाट शतप्रतिशत जितका साथ ९ अंक जोडेको मनाङ शिर्ष स्थानमा छ । पराजित जावलाखेल भने २ अंकका साथ नवौं स्थानमा छ ।
त्यस्तै मंगलबार नै भएको अर्को खेलमा आर्मीले नेपाल पुलिस क्लबसँग गोलरहित बराबरी खेल्दै अंक बाँड्यो । यो नतिजापछि ३ खेलबाट एक अंक जोडेको आर्मी दशौं स्थानमा छ । उता पुलिस भने ७ अंकका साथ दोस्रो स्थानमा छ ।
डबल राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा कुल १२ टोलीहरु सहभागि छन् । लिगको शिर्ष स्थान हासिल गर्ने टोली विजेता बन्नेछ । विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने दोस्रो स्थान हासिल गर्ने टोलीले ५० हजार प्राप्त गर्नेछ ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)