News
स्व. उमेश स्मृति प्रथम युनाइटेड युथ कप हुँदै
तानसेन । युनाइटेड युथ क्लब, तानसेन–९, पाल्पाको आयोजनामा यही साउन २० गतेदेखि स्व. उमेश स्मृति प्रथम युनाइटेड युथ कप सेभेन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ ।
तिन्टिआँप खेलमैदानमा हुने प्रतियोगिताको यही साउन १८ गतेसम्म टिमदर्ता खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ३००० तोकिएको छ । प्रतियोगितामा पाल्पाका क्लब र खेलाडीहरुले मात्र सहभागिता जनाउन पाउने आयोजक जानकारी दियो ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३० हजार हात पार्नेछ भने उपविजेताले १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)