News जावलाखेलको पहिलो जित
गोलनेपाल

काठमाडौं । एन्फा युथ लिग फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार जावलाखेल युथ क्लबले सिजनको पहिलो जित दर्ता गरेको छ । आफ्नो पछिल्लो चार खेलहरु मध्ये दुईमा जित, दुईमा बराबरी नतिजा निकालेको जावलाखेलले मंगलबार पहिलो सफलता हात पारेको हो ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको पहिलो खेलमा जावलाखेलले चर्च ब्वाईज युनाइटेडमाथि ४–२ को उत्कृष्ट जित निकाल्दै आफ्नो खातामा महत्वपूर्ण तीन अंक जोड्न सफल भएको हो ।

यो नतिजापछि ५ खेलबाट ५ अंक जोडेको जावलाखेल लिगतालिकाको शिर्षताको टोलीहरु नजिक पुगेको छ । उता हारका बावजुद चर्च ब्वाईजको खातामा ७ अंक छ र हालसम्म चर्च ब्वाईजले पनि आफ्नो दावेदारितालाई कायम राखेको छ ।

डबल राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा कुल १२ टोलीहरु सहभागि छन् । लिगको शिर्ष स्थान हासिल गर्ने टोली विजेता बन्नेछ । विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने दोस्रो स्थान हासिल गर्ने टोलीले ५० हजार प्राप्त गर्नेछ ।

Post Comments