काठमाडौं । एन्फा युथ लिग फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार जावलाखेल युथ क्लबले सिजनको पहिलो जित दर्ता गरेको छ । आफ्नो पछिल्लो चार खेलहरु मध्ये दुईमा जित, दुईमा बराबरी नतिजा निकालेको जावलाखेलले मंगलबार पहिलो सफलता हात पारेको हो ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको पहिलो खेलमा जावलाखेलले चर्च ब्वाईज युनाइटेडमाथि ४–२ को उत्कृष्ट जित निकाल्दै आफ्नो खातामा महत्वपूर्ण तीन अंक जोड्न सफल भएको हो ।
यो नतिजापछि ५ खेलबाट ५ अंक जोडेको जावलाखेल लिगतालिकाको शिर्षताको टोलीहरु नजिक पुगेको छ । उता हारका बावजुद चर्च ब्वाईजको खातामा ७ अंक छ र हालसम्म चर्च ब्वाईजले पनि आफ्नो दावेदारितालाई कायम राखेको छ ।
डबल राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा कुल १२ टोलीहरु सहभागि छन् । लिगको शिर्ष स्थान हासिल गर्ने टोली विजेता बन्नेछ । विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने दोस्रो स्थान हासिल गर्ने टोलीले ५० हजार प्राप्त गर्नेछ ।
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान