काठमाडौं । उत्कृष्ट जित निकाल्दै मनाङ मस्र्याङ्दी क्लब जारी एन्फा युथ लिगको शिर्ष स्थानमा उक्लिएको छ । सोमबार भएको खेलमा मनाङले एफसी खुमलटारमाथि ३–१ को जित निकाल्यो ।
यो जितपछि ५ खेलबाट १२ अंक जोडेको मनाङ शिर्ष स्थानमा उक्लिएको छ । पराजित खुमलटारको खातामा ३ अंक छ र लिगतालिकाको पुछारतिर संघर्षरत छ ।
सोमबार नै भएको अर्को खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले पहिलो जित हात पार्यो । आर्मीले थ्रीस्टार क्लबमाथि समान ३–१ को प्रभावशाली जित निकाल्दै महत्वपूर्ण तीन अंक जोड्यो ।
यो नतिजापछि ५ खेलबाट ४ अंक जोडेको आर्मी शिर्ष दशभित्र उक्लिएको छ । पराजित थ्रीस्तारको पनि समान ४ अंक छ ।
डबल राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा कुल १२ टोलीहरु सहभागि छन् । लिगको शिर्ष स्थान हासिल गर्ने टोली विजेता बन्नेछ । विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने दोस्रो स्थान हासिल गर्ने टोलीले ५० हजार प्राप्त गर्नेछ ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)