काठमाडौं । एन्फा युथ लिग फुटबल प्रतियोगिता अन्तर्गत शुरुवातबाटै उत्कृष्ट लयमा रहेको विभागीय टोली नेपाल पुलिस क्लबले आफ्नो शानदार लयलाई कायम राख्दा संकटा क्लबले सिजनको दोस्रो जित हात पारेको छ ।
एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिसले अर्को विभागीय टोली एपिएफ फुटबल क्लबमाथि ६–० को एकतर्फी जित निकाल्यो । पुलिसका लागि कप्तान सुबास बमले ह्याट्रिकसहित चार गोल गर्दा थप दुई गोल लक्ष्मण थानीले गरे ।
यो नतिजापछि ७ खेलबाट १९ अंक जोडेको पुलिसले लिगतालिकाको शिर्ष स्थान मै आफ्नो पकड बलियो बनाएको छ । पराजित एपिएफको खातामा भने सात अंक छ र लिगतालिकाको मध्यतिर नै संघर्षरत छ ।
त्यस्तै सोमबार नै भएको अर्को खेलमा संकटाले जावलाखेल युथ क्लबलाई शून्यका विरुद्ध २ गोलले हराएको छ । संकटाको जितमा सबिन लुंगेली मगर र दिवस राईले गोल गरे । यो नतिजापछि ७ खेलबाट ९ अंक भएको छ । उता पराजित जावलाखेलको खातामा ५ अंक छ ।
डबल राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा कुल १२ टोलीहरु सहभागि छन् । लिगको शिर्ष स्थान हासिल गर्ने टोली विजेता बन्नेछ । विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने दोस्रो स्थान हासिल गर्ने टोलीले ५० हजार प्राप्त गर्नेछ ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)