शनिश्चरे । ३०औँ विश्व आदिवासी दिवसको अवसर पारी झापाको अर्जुनधारामा नगरभित्रका प्रशिक्षक, रेफ्री र खेलाडीलाई सम्मान गरिएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ अर्जुनधारा नगर समन्वय परिषद्ले आयोजना गरेको कार्यक्रममा खेल क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका व्यक्तित्वलाई नगदसहित सम्मान गरिएको हो ।
फुटबलको क्षेत्रमा योगदान पुर्याएवापत प्रशिक्षक तथा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले (मामा), फिफा रेफ्री श्याम दनुवार र २०७५ सालमा चीनमा सम्पन्न दी वल्र्ड हिरो कप च्याम्पियनसीप–२०१८ की स्वर्ण पदक विजेता तेक्वान्दो खेलाडी एन्किला राईलार्ई सम्मान गरिएको हो ।
उनीहरुलाई अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिं गोम्देन, जनजाति महासंघ अर्जुनधाराका अध्यक्ष कर्ण तामाङलगायतले सम्मान गरे । परिषद्का उपाध्यक्ष भीम श्रेष्ठले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव विजय साम्पाङ राईले गरेका थिए ।
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा