News छथर गाउँपालिका अध्यक्ष कपको सेमिफाइनल समिकरण पूरा
गोलनेपाल

तेह्रथुमको छथरमा जारी पॉचौ गाउँपालिका अध्यक्ष आमन्त्रित पुरूष फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।

पहिलो सेमिफइनलमा भदौ १ गते आयोजक छथर गाउँपालिकाले छथर जोरपाटी धनकुटासँग भिड्नेछ ।त्यस्तै दोस्रो सेमीफाइनलमा भदौ २ गते पंचायन एफ. सी. सुनसरीले एफ. सी. कुपी छथरसँग भिड्नेछ ।

शुक्रबार सम्पन्न तेस्रो क्वाटरफाइनलमा छथर जोरपाटी धनकुटाले सुन्दर हरैचा खोर्साने मोरङलाई ३-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा आयोजक छथरसँग आफ्नो भेट पक्का गरेको हो। छथर जोरपाटी धनकुटाको जितका लागि जिवन राईले दुई र विदेशी खेलाडी जोन ग्लोरीले एक गोल गरे ।

खेलको म्यान अफ द म्याच जिवन राई घोषित भए । त्यस्तै शुक्रबार नै सम्पन्न चौथो तथा अन्तिम क्वाटर फाइनलमा म्याङलुङ स्पोटीङ क्लब तेह्रथुमलाई शुन्यका विरूद्व दुई गोलले पराजित गर्दै एफ.सी. कुपीले सेमिफाइनलमा आफ्नो भेट पंचायन एफ.सी. सँग पक्का गरेको हो । एफ.सी. कुपीको जितका लागि दुइ गोल नै मौसम सुब्बाले गरे । उनै मौसम म्यान अफ द म्याच घोषित भए। म्यान अफ द म्याचले जनही दुइ हजार सहित टोकन अफ लभ प्राप्त गरे ।

भदौ ४ गते सम्म सन्चालन हुने प्रतियोगिताको विजेताले नगद २ लाख सहित ट्रफी मेडल र प्रमाणपत्र र उपविजेताले १ लाख सहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्ने गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले जानकारी दिनुभयो।

Post Comments