News
नेपाल यु–२० को विजयी शुरुवात

काठमाडौं । आइतबारदेखि शुरु भएको साफ यु–२० च्याम्पियनसिपमा आयोजक नेपालले विजयी शुरुवात गरेको छ । समूह ए मा रहेको नेपालले उद्घाटन खेलतर्फ श्रीलंकालाई शून्यका विरुद्ध १ गोलले हराउँदै विजयी शुरुवात गरेको हो ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलको २४औं मिनटमा निराजन धामीले बक्स भित्रबाट गरेको सटिक र कडा प्रहार गोलमा परिणत हुँदा सोही गोल खेलको निर्णायक गोल पनि बन्यो । खेलमा नेपालले पाएको केही राम्रा अवसरहरुलाई सदुपयोग गर्न सकेन ।
यद्यपि यो जितसँगै नेपालले सेमिफाइनल प्रवेशको सम्भावना भने बलियो बनाएको छ । नेपालले अब समूह चरणको आफ्नो दोस्रो तथा अन्तिम खेलमा भदौ ६ गतेका दिन गत संस्करणको उपविजेता समेत रहेको बलियो बंगलादेशको सामना गर्नेछ ।
Post Comments