
काठमाडौं । नेपालको राष्ट्रिय फुटबल टोलीको जिम्मेवारी सम्हालिसकेका पूर्व कुवेती प्रशिक्षक अब्दुल्लाह अल मुताइरी श्रीलंका राष्ट्रिय फुटबल टोलीको अन्तरिम प्रशिक्षकमा नियुक्त भएका छन् । ४२ वर्षिय अब्दुल्लाहको नियुक्तिबारे फुटबल श्रीलंकाले पनि आधिकारिक रुपमा पुष्टी गरेको छ ।
रिपोर्टअनुसार अब्दुल्लाहले तत्कालै श्रीलंकन फुटबलको जिम्मेवारी लिनेछन् । स्मरण रहोस, श्रीलंकाले एएफसी एसियन कप छनौटको प्ले अफ म्याचतर्फ कम्बोडियासँग खेल्ने कार्यक्रम छ । जसअनुसार श्रीलंकाले ५ सेप्टेम्बरका दिन घरेलु मैदानमा पहिलो लेग खेल्नेछ भने १० सेप्टैम्बरका दिन कम्बोडियामा दोस्रो लेगको अवे म्याच खेल्ने कार्यक्रम छ ।
अब्दुल्लाहले श्रीलंकाको जिम्मेवारी सम्हाल्नु अघि अफगानिस्तानको मूख्य प्रशिक्षक भएर समेत काम गरेका थिए । त्यसअघि सन् २०२१ देखि २०२२ सम्म नेपालको जिम्मेवारी सम्हालेका थिए । त्यतिबेला उनकै प्रशिक्षकीय जिम्मेवारीमा नेपालले ऐतिहासिक साफ च्याम्पियनसिपको फाइनल खेलेको थियो ।