News मलेसियामा सातौं सुम्निमा गोल्डकप हुँदै
गोलनेपाल

काठमाडौं । सुम्निमा युनाइटेड क्लब, मलेसियाको आयोजनामा यही अगस्त ३१ तारीखदेखि १ सेप्टेम्बरसम्म सातौं सुम्निमा गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।

तामन डिआर इपोमा हुने प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक क्लबहरुका लागि अगस्त २५ तारीखसम्म टिमदर्ता खुला गरिएको छ । प्रतियोगितामा मलेसियामा रहेका नेपाली समुदायहरुको टोलीले सहभागिता जनाउन पाउने छन् ।

प्रतियोगिताको विजेताले उपाधिसहित २० हजार मलेसियन रिंगेट हात पार्नेछ भने उपविजेताले १० हजार रिंगेटसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै सेमिफाइनलमा पराजित हुने दुई टोलीलाई पनि नगद २–२ हजार रिंगेट प्रदान गरिने आयोजक क्लबका युवराज साम्पाङले जानकारी दिए ।

त्यस्तै विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

Post Comments