News
नेपाल भर्सेज बंगलादेशः समूह विजेताको टुंगो आज

काठमाडौं । साफ यु–२० च्याम्पियनसिपतर्फ बिहीबार समूह ए तर्फको अन्तिम खेलमा आयोजक नेपालले गत संस्करणको उपविजेता बंगलादेशको सामना गर्दैछ । दुवै टोली उपाधिका बलिया प्रत्याशी पनि हुन् ।
एन्फा कम्प्लेक्समा आज ३ बजेदेखि शुरु हुने यी दुई टोली बीचको खेलको नतिजाले समूह ए को विजेता र उपविजेताको टुंगो लाग्नेछ । यद्यपि सेमिफाइनलमा भने यी दुवै टोली यसअघि नै प्रवेश गरिसकेका छन् ।
तीन टोली सम्मिलित समूह चरणको आ–आफ्नो पहिलो खेलमा नेपाल र बंगलादेश दुवैले श्रीलंकालाई हराएका थिए । नेपालले श्रीलंकामाथि १–० को जित निकालेको थियो भने बंगलादेशले २–० को जित हात पारेको थियो । नेपालका लागि आजको खेल कडा चुनौति पनि हुनेछ ।
Post Comments