News
जापानमा आठौं समर कप फुटसल हुँदै

काठमाडौं । जापानमा रहेका प्रवासी नेपालीहरुद्वारा स्थापित श्री गणेश खुकुरी एफसीको आयोजनामा आउँदो सेप्टेम्बर ७ तारीखका दिन आठौं समर कप फुटसल प्रतियोगिता हुने भएको छ ।
जापानको फुकुओका शहरमा हुने एक दिने प्रतियोगिताको यही अगस्त २५ तारीखसम्म टिमदर्ता खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ४४,४४४ जापानी येन तोकिएको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५,११,१११ जापानी येन हात पार्नेछ भने उपविजेताले २,११,१११ येनसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
त्यस्तै विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकलेजानकारी दियो ।
Post Comments