काठमाडौ । उपाधिको बलियो प्रत्याशी मध्ये एक गत संस्करण को उपविजेता बंगलादेशलाई हराउँदै आयोजक नेपाल समूह ए बाट समूह विजेताका रुपमा जारी साफ यु-२० च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिहीबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशलाई २-१ ले हराउँदै समूह विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गर्न सफल भएको हो ।
एन्फा कम्प्लेक्समा भएको खेलमा नेपालका लागि समीर तामाङ र निराजन धामीले गोल गरे । पराजित बंगलादेशका लागि मिराजुल इस्लामले गोल गरेका थिए ।
समूह ए मा तीन खेलबाट ६ अंक जोडेको नेपाल समूह विजेताका रुपमा र तीन अंक जोडेको बंगलादेश समूह उपविजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेका छन । श्रीलंका भने अंकविहिन पुछारमा रहँदै समूह चरणबाटै बाहिरिएको छ ।
नेपालले सेमिफाइनलमा सम्भवत भुटानको सामना गर्नेछ । त्यस्तै बंगलादेशले भने साविक विजेता भारतसँग खेल्ने पक्का भएको छ ।
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल