
सहिद प्रीतकुमार मोक्तान स्मृति प्रतिष्ठानको आयोजनामा मकवानपुरको मनहरी गाउँपालिका १ चकरीमा भएको टोल स्तरीय फुटबल प्रतियोगिताको उपाधी नमूना युवा क्लवले जितेको छ ।
फाइनल भिडन्तमा आर आर एफसीलाई टाइब्रेकरमा हराउँदै नमूनाले नगद २० हजार रुपैयाँसहित उपाधी जित्यो । आर आर एफसीले भने १० हजारमै चित्त बुझाउन बाध्य भएको छ ।
प्रतियोगितामा आर आर एफसीका गगन कप्रौला उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी आर आर एफसीका मिलन तितुङ, उत्कृष्ट डिफेन्स नमूनाका प्रेमबहादुर गोले र सर्वाधिक गोलकर्ताको पुरस्कार नमूनाका सुवास थिङले पाए । प्रतियोगिता संयोजक हेलिस मोक्तानको अध्यक्षता एवम् बागमती प्रदेश सभा सदस्य ओम ग्लानको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती, १ नम्बर वडा अध्यक्ष शिवप्रसाद खनाल, मकवानपुर जिल्ला खेलकुद विकास समिति अध्यक्ष सानु लामा, नेपाली काङ्ग्रेसका नेता शंकर न्यौपानेलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा १४ बर्ष मुनिका खेलाडीहरु कृषल मोक्तानलगायतका खेलाडीलाई सम्मान गरिएको थियो ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा