News अनुभवी रेफ्री बिष्णु पौडेल गृहजिल्लामा सम्मानित
सुरज राना मगर

बुटवल । तीन दशक बढी समयदेखि फुटबल रेफ्री पेशामा आवद्ध भएर निरन्तर फुटबलमा सक्रिय भई होमिएका रुपन्देहीका पुराना र अनुभवी फुटबल रेफ्री बिष्णु पौडेल गृहजिल्लामा सम्मानित भएका छन् ।

रेफ्री पौडेललाई रुपन्देहीको कञ्चन–५, पिपरिचापामा शुरु भएको प्रथम गौतम बुद्ध कपको अवसर पारी आयोजक गौतम बुद्ध सामुदायिक विकास केन्द्र, कञ्चन–५, पिपरिचापाले सम्मान गरेको हो ।

रुपन्देहीमा रेफ्री पौडेलले पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै उनलाई सम्मान गरिएको गौतम बुद्ध सामुदायिक विकास केन्द्रका अध्यक्ष कमल दर्जीले बताए । अध्यक्ष दर्जी भन्छन्, “फुटबलमा उहाँको योगदान र त्यागलाई हामीले सम्मान गर्नैपर्छ । उहाँ यो सम्मानको हकदार पनि हुनुहन्छ ।’

उता सम्मान पाएपछि रेफ्री पौडेलले पनि खुशी व्यक्त गरे । उनी भन्छन्, “यो सम्मानले मलाई थप उत्साह र प्रेरणा मिलेको छ । फुटबलमा वर्षौदेखि गरेको मेहनतको फल मैले आज पाइरहेको छु । फुटबलमा लागेर पाएको यो सम्मान, माया र शुभेच्छाले घरपरिवारको स्नेहलाई पनि बिर्सिएको छु । मलाई आगामी दिनमा अझै फुटबलमा केही गर्न हौसला मिलेको छ ।”

स्मरण रहोस, रेफ्री पौडेलले हालै डेनमार्कमा सम्पन्न प्रतिष्ठित डाना कप युथ फुटबल प्रतियोगितामा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै रेफ्रीको भूमिका कुशलतापूर्वक निभाएका थिए । सो प्रतियोगिता खेलाउने उनी रुपन्देहीको पहिलो र एक्लो रेफ्री पनि हुन् । डेनमार्कमा पौडेलसँगै अर्की नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ पनि पगेकी थिईन् ।

त्यसो र रेफ्री पौडेलले रुपन्देहीसँगै मोफसलका धेरै जिल्लाहरुमा पनि फुटबल रेफ्रीको भूमिका कुशलतापूर्वक निभाउँदै आईरहेका छन् । वि.सं. २०५० सालदेखि निरन्तर रेफ्री पेशामा आवद्ध भई लागिपरेका पौडेल भन्छन्, “जबसम्म सक्छु, तबसम्म गर्छु ।”

Post Comments