News
१९औं तीज कप भदौ १५ गतेदेखी

शुक्लागण्डकी । जनसेवा स्पोर्ट्स क्लब, शुक्लागण्डकी-८, गणपती, तनहुँको आयोजनामा यही भदौ १५ गतेदेखी २१ गतेसम्म १९औं तीज कप सेभेन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ ।
शुक्लागण्डकी-८ गणपति स्थित गाउँफर्कोदय माविको खेल मैदानमा हुने प्रतियोगिताको यही भदौ १४ गते साँझ ६ बजेसम्म टिमदर्ता खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ६५०० तोकिएको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८८,८८८ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ४४,४४४ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
Post Comments