
म्याङलुङ । तेह्रथुमको म्याङलुङमा जारी नेत्र गुरागाई स्मृति गोल्डकपमा शनिबार प्रि-क्वाटर फाइनलका दुइ खेल सम्पन्न भएका छन ।म्याङलुङ रंगशालामा शनिबार सम्पन्न पहिलो खेलमा फेदाप गाउँपालिका तेह्रथुमलाई ३-१ गोलले पराजित गर्दै कुम्मायक गाउँपालिका पॉचथर क्वाटर फाइनल प्रवेश गरेको छ ।
त्यस्तै शनिबार नै सम्पन्न दोस्रो खेलमा चौतारी युवा क्लब तेह्रथुमलाई एक शुन्यले पराजित गर्दै नमोबुद्ध युवा क्लब सप्तरी क्वाटर फाइनलमा प्रवेश गरेको छ ।
लाखेजात्रा तथा श्रीकृष्ण जन्माष्टमीको अवसरमा म्याङलुङ रंगशालामा विगत वर्षहरूमा झै यो वर्ष पनि प्रतियोगिता सन्चालन गरिएको म्याङलुङ स्पोटिङ क्लबका अध्यक्ष प्रविन मोतेले जानकारी दिनुभयो । भदौ १५ गते सम्म सन्चालन हुने प्रतियोगितामा विजेताले २ लाख सहीत ट्रफि र उपविजेताले १ लाख प्राप्त गर्ने अध्यक्ष मोतेले बताउँनुभयो ।
त्यसैगरी वेष्ट किपर,वेस्ट प्लेयर,वेस्ट डिफेन्डर, हाई स्कोरर र उदयमान खेलाडीलाई उचित पुरस्कारले पुरस्कृत गरिने खेल संयोजक राजहाङ पीरती सुब्बाले बताउँनुभयो ।
- मदन मेलाको उपाधिःपुरूष तर्फ सोधुङ सेन्दाङ र महिला तर्फ म्याङलुङ स्पोर्टिङलाई
- उपाधिका लागि सोधुङ सेन्दाङ र आठराई गाउँपालिका भिड्ने
- आठराई मदनमेलाको पुरूष तथा महिला फुटबलको सेमिफाईनल समिकरण पूरा
- तमु ह्योल छोजधी र फेदाप गाउँपालिका मदन मेलाको सेमिफाइनल प्रवेश
- मदनमेलाको दोस्रो दिन पुरूष तर्फ प्रि क्वाटर फाइनलका पॉच खेल सम्पन्न