काठमाडौं । स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को आयोजनामा भएको फेकन खेलकुद सप्ताह अन्तर्गत फुटसल प्रतियोगिताको उपाधि एफसी सिलिंकले जितेको छ ।
फाइनलमा एफसी सिलिंकले शुभयात्रा फुटसल टिमलाई २–० को अन्तरले पराजित गरि उपाधि जित्न सफल भएको हो । विजेता बनेको सिलिंकले उपाधिसहित नगद ५० हजार हात पार्यो भने उपविजेता शुभयात्राले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो ।
सिलिंक कै कप्तान निराजन रोक्का फाइनल खेलको म्यान अफ द म्याच बने । व्यक्तिगत विधातर्फ शुभयात्राका विवश सुबेदी उत्कृष्ट गोलरक्षक चुनिए भने सिलिंकका सागर श्रेष्ठले सर्वाधिक गोलकर्ताको पुरस्कार हात पारे । त्यस्तै सर्वोत्कृष्ट खेलाडी पनि सिलिंक कै उमेश कुश्वार घोषित भए । उत्कृष्ट बनेका सबैले जनही ५–५ हजार र ट्रफी हात पारे ।
विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्दिय अध्यक्ष पंकज बिक्रम नेम्वाङ, बरिष्ठ उपाध्यक्ष दावा लामा तथा महासचिव किरण राई लगायतले पुरस्कृत गरेका थिए ।
- एसपिडब्लुजे ‘ए’ लाई प्रथम नखिपोट फोक्स महिला फुटसल कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- विजेता हिमालयनको उपाधि रकम सबै बाढीपिडितलाई सहयोग
- ज्ञानज्योति स्कुल बन्यो प्रथम ज्ञानसिन्धु फुटसल कपको च्याम्पियन
- एओएफ युनाइटेडलाई चौथो थारु ६ ए साइड फुटसल प्रतियोगिता–२०८३ को उपाधि