News
साफ यु-२० च्याम्पियनसिपको फाइनलमा नेपाल
काठमाडौ । कठिन जितका साथ आयोजक तथा उपाधिको बलियो प्रत्याशी नेपाल जारी साफ यु-२० च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।
आइतबार भएको पहिलो सेमिफाइनलमा नेपालले भुटानलाई टाईब्रेकरमा हराउँदै उपाधी नजिक पुग्न सफल भएको हो । त्यसअघि निर्धारित समयको रोमाञ्चक खेल दुवै टोलीले १-१ गोलको बराबरी खेलेका थिए ।
खेलको ६०औं मिनेटमा जित्सुन दोर्जीको गोलबाट भुटानले खेलमा सनसनीपुर्ण अग्रता बनाएको थियो । यद्यपि खेलको ७८औं मिनेटमा निराजन धामीले नेपालका लागि बराबरी गोल फर्काएका थिए ।
निर्धारित समयको खेल बराबरीमा टुंगिएपछी टाईब्रेकरमा नेपालले भुटानमाथी ४-१ को जित निकाल्दै फाइनल स्थान सुरक्षित गरे ।
नेपालले अब सोमबार हुने दोस्रो सेमिफाइनलतर्फ साविक विजेता भारत र बंगलादेश बीचको विजेतासँग फाइनल खेल्नेछ ।
Post Comments
Related News
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल