काठमाडौं । पहिलोपटक अन्तर्राष्ट्रिय क्लब फुटबल प्रतियोगितामा सहभागिता जनाएको एपिएफ फुटबल क्लब जारी एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक समूह चरणको छनौट प्रतियोगिताबाटै बाहिरिएको छ ।
प्रतियोगिता अन्तर्गत समूह सी मा रहेको एपिएफले समूहको आफ्नो दोस्रो खेल अन्तर्गत बुधबार घरेलु टोली मलेसियाको सवाह एफएसँग गोलरहित बराबरी खेल्दै अंक बाँड्यो ।
बराबरीका बावजुद एपिएफ भने समूह चरणबाटै बाहिरिएको छ । एपिएफले आफ्नो पहिलो खेलमा उज्वेकिस्तानको नसाफसँग ०–१ को हार बेहोरेको थियो ।
समूह चरणको अन्तिम खेलमा अब ३१ अगस्तका दिन सवाह र नसाफ भिड्ने छन् । यी दुई टोली बीचको नतिजाले नै समूह सी को विजेताको टुंगो लाग्नेछ ।
समूह सी मा १–१ खेल खेलेका नसाफ र सवाह क्रमशः ३ र १ अंकका साथ पहिलो र दोस्रो स्थानमा छन् । त्यस्तै दुई खेलबाट १ अंक नै जोडेको एपिएफ भने समूह चरणबाटै बाहिरिएको छ ।
- मझिया स्मृति कप महिला फुटबल : पदमा स्पोर्ट्सको ७–० को शानदार जित, सिम्रनको चार गोल
- तेह्रथुमका तीन महिला फुटबल खेलाडीलाई दक्षिण कोरियाबाट जनही ५० हजार रुपैयाँ सहयोग
- एसियन पेन्ट्स च्याम्पियनसिप २०२६ अन्तर्गत उपत्यकाव्यापी गर्ल्स फुटबल प्रतियोगिता सुरु
- होराइजन र कान्ति फाइनलमा भिड्ने
- होराइजन, सुनगाभा, ग्यालेक्सी र कान्ति सेमिफाइनलमा