News
सफल शल्यक्रियापछि होशमा आए एन्फा रेफ्री खापुङ
झापा । तेह्रथुम जिल्लाका एन्फा रेफ्री सुमन खापुङको गंगालाल हस्पिटल काठमान्डौमा मुटुसम्बन्धी शल्यक्रिया सफल भएको छ । एन्फा रेफ्री खापुङको बिहीबार बिहान मुटुको शल्यक्रिया गरिएको हो ।
उनकोे मुटुको एउटा भल्ब लिक भएकोले भल्ब नै परिवर्तन गरी ओपन हर्ट शल्यक्रिया गर्नु परेको थियो । शल्यक्रियापछि उनका परिवारले भेट गरेका छन् । शल्यक्रियाका लागि बिहीबार बिहान ८ बजे लगिएको र ३ घण्टा लामो समयसम्म शल्यक्रिया गरिएको उनका छोरा सम्योग खापुङले जानकारी दिए ।
डा. रामेश कोइरालाको टिमले खापुङको सफल शल्यक्रिया गरेको हो । उनका अनुसार सफल शल्यक्रियापछि साँझ ६ बजे नै एन्फा रेफ्री खापुङको होश आएको थियो । यसअघि चिकित्सकले बिरामीको होश आउन २ घण्टादेखि २ दिनसम्म लाग्ने बताएको थियो ।
बुबाको होश आएपछि आमा मनमायाले भेट गरेको छोरा संयोगले जानकारी दिए । उनका अनुसार अझै बुबालाई एक साता हस्पिटलमै राख्न चिकित्सकले सुझाव दिएका छन् । गत वैशाख ११ गते मुटुको समस्याका कारण अचानक प्रेसर लो भएर खापुङ ढलेका थिए ।
उनको शरीरको देब्रे भाग पूरै प्यारालाइसिस पनि भएको थियो । उनको तत्कालका लागि वीपी कोइराला प्रज्ञा प्रतिष्ठान धरानमा उपचार गरिएको थियो । चिकित्सकको सल्लाह र रिपोर्टबमोजिम उनको बिहीबार गंगालाल हस्पिटलमा शल्यक्रिया गरिएको हो ।
Post Comments
Related News
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा