इँटाभट्टा । झापाको मेचीनगर ८ स्थित इँटाभट्टा फुटबल क्लबले प्रथम इँटाभट्टा नकआउट जिल्लास्तरीय फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
स्थानीय युवाको चौतर्फी विकासलाई मध्यनजर गर्दै आगामी असोज १२ गतेदेखि १९ गतेसम्म प्रथम इँटाभट्टा नकआउट जिल्लास्तरीय फुटबल प्रतियोगिता गर्ने भएको हो ।
आयोजकको एक टिमसहित जिल्लाका विभिन्न ८ चर्चित क्लबबीच प्रतियोगिता हुनेछ । प्रतियोगिताको सबै प्रक्रिया पूरा गरिसकेको आयोजक क्लबका अध्यक्ष मनकुमार लिम्बूले जानकारी दिए । उनका अनुसार प्रतियोगिता सम्पन्न गर्न १५ लाख रुपैयाँ अनुमान गरिएको छ ।
प्रतियोगितामा प्रथम हुने टिमलाई १ लाख १ हजार १०१ रुपैयाँ र दोस्रो हुनेलाई ५१ हजार १११ रुपैयाँ नगदसहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।
मेचीनगर ८ वडा कार्यालय सहआयोजक रहेको प्रतियोगिताले युवाको चेतनाको विकाससँगै शारीरिक र बौद्धिक विकासमा टेवा पुग्ने वडाध्यक्ष गिरिराज धमलाले बताए ।
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा