पिपरिचापा । पछिल्लो समय स्थानीय फुटबलमा निरन्तर आफूलाई सक्रिय राख्दै आएको खस्यौली फुटबल क्लब, बुटवलले बिहीबार सम्पन्न प्रथम गौतम बुद्ध कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
फाइनलमा खस्यौलीले जनज्योति युवा क्लब, डिंगरनगरलाई ३–२ ले हराउँदै उपाधिमाथि कब्जा जमाउन सफल भएको हो । खस्यौलीको जितमा गणेश हमालले दुई गोल गरे भने थप एक गोल सबी गुरुङले गरे । पराजित जनज्योतिका लागि भने बिकी चाम्लिङ राई र आयुष गुरुङले गोल गरेका थिए ।
विजेता बनेको खस्यौलीले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्यो भने उपविजेता जनज्योतिले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । खस्यौलीका गणेश हमाल फाइनल खेलको म्यान अफ द म्याच चुनिए ।
अन्य व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक पनि खस्यौली कै कुशल सुनार चुनिए । उत्कृष्ट डिफेन्डर आयोजक गौतम बुद्धका सुमित मल्लाह बन्दा उत्कृष्ट मिडफिल्डर जनज्योतिका आयुष गुरुङ बने । त्यस्तै उत्कृष्ट फरवार्ड खस्यौलीका सबी गुरुङ घोषित भए ।
प्रतियोगिताको उदियमान खेलाडी आयोजक गौतम बुद्धका सिजन दगामी बन्दा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी खस्यौलीका कप्तान अनुज गैरे घोषित भए । विजेता तथा उपविजेता खेलाडीहरुलाई प्रमुख अतिथी लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भुमेश्वर ढकाल, आयोजक गौतम बुद्ध सामुदायिक विकास संस्था, कञ्चन–५, पिपरिचापाका अध्यक्ष कमल दर्जी, खेल संयोजक रोशन पुन लगायतले पुरस्कृत गरेका थिए ।
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- २४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
- रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
- वी ब्वाईज कपः उपाधिका लागि लखन ब्रदर्श र वी ब्वाईज भिड्ने
- युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने