News
बिशालनगर भेट्रान्स र डिएस युनाइटेडको जित

चपरहट्टी । यहाँ जारी तेस्रो चपरहट्टी कप सेभेन ए साईड खुला नकआउट फुटबल प्रतियोगितामा बिशालनगर भेट्रान्स क्लब र डिएस युनाइटेडले जित हात पार्दै दोस्रो चरणमा प्रवेश गरेका छन् ।
तिलोत्तमा–१, चपरहट्टी स्थित सिद्धार्थ खेलमैदानमा भएको पहिलो खेलमा बिशालनगरले त्रिभुवन युनाइटेड एफसीलाई शून्यका विरुद्ध १ गोलले हरायो ।
दोस्रो खेलमा भने डिएस युनाइटेडलेनवजिवन क्लबमाथि टाईब्रेकरमा जित निकाल्यो । निर्धारित समयको खेल ३–३ को बराबरीमा सकिएपछि टाईब्रेकरमा डिएस युनाइटेडले नवजिवनलाई ४–३ ले हराउन सफल भयो ।
कुल ३० टोलीहरु सहभागि प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक साजन रासकोटीले जानकारी दिए ।
Post Comments