News
दोस्रो खडक उपमेयर महिला गोल्डकप हुने
खडक । ‘हाम्रो गोल महिला हिंसा विरुद्धको बोल’ भन्ने नाराका साथ नमो बुद्ध युथ क्लब, सप्तरीको आयोजनामा दोस्रो खडक उपमेयर महिला गोल्डकप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
खडक नगरपालिका–७ सप्तरी स्थित स्थानीय खेलमैदानमा हुने प्रतियोगिताको आवश्यक तयारीलाई पनि तिव्रता दिइएको आयोजकले जनाएको छ । यद्यपि प्रतियोगिताको आयोजना मिति र अन्य कुराहरुबो आधिकारिक रुपमा छिटै जानकारी गराइने पनि आयोजकले जानकारी दियो ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५०हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
Post Comments
Related News
- सतिसाले स्पोर्टिङ्ग क्लबलाई तेस्रो सप्तकोशी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि
- सतिसाले र बसाहा तेस्रो सप्तकोशी गोल्डकपको फाइनलमा भिड्ने
- बसाहा क्लब तेस्रो सप्तकोशी गोल्डकपको पहिलो फाइनलिस्ट टोली बन्न सफल
- सतिसाले स्पोर्टिङ क्लब (मोरङ्ग) तेस्रो सप्तकोशी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा
- उत्घाटन खेलमा नै बसाहा क्लब (उदयपुर) तेस्रो सप्तकोशी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा