News रियल स्टार, एफसी इन्टरनेट र गोर्खा ब्वाईजको जित, परेलीको उजुरी
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगिता अन्तर्गत तीन खेलहरुमा रियल स्टार, एफसी इन्टरनेट र गोर्खा ब्वाईजले जितसहित स्पष्ट नतिजा निकाल्दा एक खेल भने बराबरीमा टुंगिएको छ ।

गौरीटार खेलमैदानमा भएको पहिलो खेलमा परेली युवा क्लब र आरआर फुटबल क्लबले १–१ गोलको बराबरी खेलेका छन् । यद्यपि खेलमा आरआरले नियमविपरित खेलाडी खेलाएको भन्दै परेलीले उजुरी दिएको छ । यसबारे आवश्यक छानबिन भईरहेको मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामाले बताए ।

त्यस्तै गौरीटार मै भएको खेलमा रियल स्टार क्लबले इन्टरनेट सिटी एफसीलाई शून्यका विरुद्ध ३ गोलले हरायो । त्यसैगरी सिमलटार खेलमैदानमा भएको पहिलो खेलमा एफसी इन्टरनेटले हेटौडा भेट्रानलाई १–० ले हराउँदा दोस्रो खेलमा गोर्खा ब्वाईजले हेटौडा फुटबल एकेडेमीमार्फत ६–० को एकतर्फी जित निकालेको छ ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी लिग विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ । कुल २८ टोलीहरुको सहभागिता रहेको लिगको समापन असोज ९ गतेका दिन हुनेछ ।

Post Comments