News
पिप्लेको फराकिलो जित, परेली, इन्टरनेट सिटी र आरआरलाई पनि सफलता

हेटौडा । मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगिता अन्तर्गत पिप्ले युवा क्लबले गोलको बर्षा गर्दै फराकिलो जित दर्ता गरेको छ । पिप्लेले महाबिर क्लबमाथि ७–० को फराकिलो जित हात पारेको हो ।
अर्को खेलमा परेलीले इन्टरनेट एफसीमाथि २–० को जित निकाल्दा इन्टरनेट सिटी एफसीले हेटौडा फुटबल एकेडेमीलाई ४–२ ले हरायो । त्यस्तै आरआर युथ क्लबले एफसी विजय युथलाई शून्यका विरुद्ध १ गोलको झिनो अन्तले स्तब्ध तुल्यायो ।
मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी लिग विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ । कुल २८ टोलीहरुको सहभागिता रहेको लिगको समापन असोज ९ गतेका दिन हुनेछ ।
Post Comments
Related News
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा