News
मकवानपुर जिल्ला लिगः तीन खेल सकिंदा चौथो खेल अवरुद्ध

हेटौडा । मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगिता अन्तर्गत तीन खेलहरुको नतिजा निस्किदा अन्तिम एक खेल भने अवरुद्ध भएको छ ।
लिग अन्तर्गत सानो पोखरा र ७ नम्बर टिमले १–१ को बराबरी खेल्दा हटिया स्पोर्टस र पदमपोखरीले गोलरहित बराबरी खेले । त्यस्तै रियल स्टार र न्यु डाँफे बीचको खेल पनि २–२ को बराबरीमा सकियो ।
त्यसैगरी एफसी मल्टिभिजन र एफसी नामटार बीचको खेलमा मल्टिभिजनले ३–० को अग्रता बनाएको बेला खराब प्रकाशका कारण खेल अरुद्ध भएको छ । खेल सम्पन्न हुन केही मिनट बाँकी रहँदा अवरुद्ध भएकाले सो खेल अनुकुल समयमा खेलाइने आयोजकले जानकारी दियो ।
मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी लिग विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ । कुल २८ टोलीहरुको सहभागिता रहेको लिगको समापन असोज ९ गतेका दिन हुनेछ ।
Post Comments
Related News
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा