News
सेन्ट्रल कलेज प्रथम देवप्रगति कप हुँदै

रामबास । ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने नाराका साथ देवप्रगति युवा समाजको आयोजनामा सेन्ट्रल कलेज देवप्रगति सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता असोज ९ गतेबाट देवचुलीस्थित भीमसेन आदर्श माविको खेल मैदानमा प्रतियोगिता संचालन गरिने आयोजकले जानकारी दियो ।
प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक क्लबहरुका लागि असोज ८ गतेसम्म टिमदर्ता खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ३५०० तोकिएको पनि आयोजकले जानकारी दियो ।
प्रतियोगिताको विजेताले ५५ हजार ५५५ तथा उपविजेताले ३३ हजार ३३३ रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्। यसैगरी उत्कृष्ट खेलाडी, सर्वोकृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट रक्षकालाई पुरस्कारको व्यवस्था गरिएको छ ।
सेन्ट्रल कलेज भरतरपुर मुख्य प्रायोजक रहेको प्रतियोगितामा सह प्रायोजक स्मार्ट लिंक नेटवर्क प्रा. लि. र इक्सान कोरियन भाषाको रहेको छ। सहभागिताका लागि असोज ८ गतेसम्म ३ हजार ५०० तिरेर टिम दर्ता गर्न सकिनेछ ।
Post Comments