News रेफ्री यमद्वारा बाल महिला खेलाडी बर्षा र येशुकालाई प्रोत्साहन स्वरुप फुटबल बुट सहयोग
सुरज राना मगर

बराहक्षेत्र । फुटबल सिक्दै राम्रा खेलाडी बन्ने र देशका लागि खेल्ने लक्ष्य लिएर अभ्यास गरिरहेका दुई बाल महिला खेलाडीहरुलाई सुनसरी जिल्ला रेफ्री संघका सदस्य तथा रेफ्री यम बहादुर तामाङले खेल सामाग्री सहयोग गरेका छन् ।

माउण्ट एभरेष्ट स्र्पोटिङ क्लब, बराहक्षेत्र, सुनसरीमा आवद्ध भई नियमित फुटबल प्रशिक्षण लिईरहेका दुई बाल महिला खेलाडीद्वय बर्षा राई र येशुका राईलाई रेफ्री तामाङले दुई जोर फुटबल बुट सहयोग हस्तान्तरण गरेका हुन् । रेफ्री तामाङले साना खेलाडीहरुलाई फुटबलमा लाग्न थप हौसला र प्रोत्साहन मिलोस भनेरै आफूले सकेको सानो सहयोग गरेको बताए ।

फुटबल बुट हात पारेका बर्षा र येशुकाले पनि खुशी व्यक्त गरे । बुट पाएपछि आफूहरुलाई खेल्न थप सहज हुने र थप कडा अभ्यास गर्दै राम्रो खेलाडी बन्ने योजना रहेको पनि सुनाए ।

सोही अवसरमा बोल्दै माउण्ट एभरेष्ट स्र्पोटिङ क्लबका व्यवस्थापक तथा प्रशिक्षक सुर्य तुम्बाहाम्फेले फुटबल बुझेको व्यक्ति समेत रहेका रेफ्री यम तामाङको यो सहयोग साना खेलाडीहरुका लागि अविस्मरणीय क्षणका रुपमा रहने बताए । यस्तै सहयोगले खेलाडीलाई फुटबलमा राम्रो गर्न हौसला मिल्ने बताउँदै पूर्वका खेलाडीहरुले राष्ट्रियस्तर मै आफूहरुलाई प्रमाणित गरिसकेको पनि उनले बताए ।

Post Comments