काठमाडौं । एन्फा महिला लिग राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत उत्कृष्ट लयमा रहेको दावेदार विभागीय टोली नेपाल पुलिस क्लबले चन्द्रपुर नगरपालिकासँग बराबरीमा रोकिएको छ ।
बुधबार भएको खेलमा पुलिसले चन्द्रपुरसँग गोलरहित बराबरी खेल्दै अंक बाँड्न बाध्य भ्एको हो । यो नतिजापछि ६ खेलबाट १२ अंक जोडेको पुलिस तेस्रो स्थानमा रहँदा सात अंक जोडेको चन्द्रपुर छैठौं स्थानमा छ ।
त्यस्तै बुधबार नै भएको अर्को खेलमा पहिलो जित दर्ता गर्ने क्रममा कर्णाली प्रदेशले सुदुरपश्चिम प्रदेशलाई शून्यका विरुद्ध ३ गोलले हरायो । कर्णालीका लागि बर्षा ओली, भूमिका बुढाथोकी र गरिमा राईले गोल गरिन् ।
यो नतिजापछि ६ खेलबाट ४ अंक जोडेको कर्णाली लिगतालिकाको नवौं स्थानमा छ । पराजित सुदुरपश्चिम भने अंकविहीन अंकविहीन रुपमा लिगतालिकाको पुछारमा संघर्षरत छ ।
कुल १० टोलीहरु सहभागि लिग विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
(तस्विरः एन्फा)
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- वीरेन्द्रनगरमा महिला खेलाडी लक्षित 'युद्ध फुटबल एकेडेमी'को प्रशिक्षण सुरु
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- बिमलाको निर्णायक गोलमा आत्मा पवित्र फाइनल प्रवेश