News प्रदिपको ह्याट्रिकसंगै झापा ११ दोस्रो चरण
गोलनेपाल

पथरी । सिटिलाई हराउदै झापा ११ मोरङ पथरी शनिश्चरेमा जारि पहिलो पथरी शनिश्चरे गोल्डकपको दोस्रो चरणमा प्रबेश गरेको छ । झापा ११ को जितमा प्रदिप बुढाथोकीले ह्याट्रिक पुरा गरे । बुढाथोकीले खेलको ९, ४१ र ५२ मिनेटमा गोल गर्दै गरेका थिए । अतिरिक्त समयमा अभिसेक गुरुङले गोल गर्दै खेलमा झापा ११ ले ०- ४ गोल अन्तरले खेल जित्न सफल भयो ।

झापा ११ बुढाथोकीले पहिलो गोल खेलको ९ मिनेटमा उत्सव राईको पासमा गोल गर्दै खाता खोलेका थिए । पहिलो हाफ १ गोलको अग्रता लिएको झापा ११ ले दोस्रो हाफमा थप २ गोल गर्न सफल भयो । खेलको ४१ र ५२ मिनेटमा झापा ११ का हरि बहादुर आले मगरको पासलाई सदुपयोग गर्दै बुढाथोकीले ह्याट्रिक पुरा गरे । अतिरिक्त समयमा पारस कार्कीको पासमा अभिसेक गुरुङले गोल गर्दै खेल जिरोको विरुद्घ ४ गोलको अग्रता बनाए ।

खेलको म्यान अफ द म्याच घोषित ह्याट्रिककर्ता प्रदिप बुढाथोकी घोषित हुदै नगद पॉच हजार प्राप्त गरे । उनलाई खेलका अतिथी मोरङ जिल्ला खेलकुद संघका अध्यक्ष संजिव बुढाथोकीले पुरस्कृत गर्नु भएको थियो । प्रतियोगिता अन्तरगत भोली सोमबारको तेस्रो खेल यु के एफसी दार्जेलिङ भारत र संकटा एफ सि काठमाडौ बिच हुने छ ।

प्रतियोगितामा ए डिभिजन क्लब संकटा सहित ब्रिगेड व्वाइज क्लब, भारतको युकेएफसी, सिराहाको सहलेस युथ क्लब, धरान सिटी फुटबल क्लब, झापा ११ फुटबल क्लबसहित ८ टोलीको सहभागिता रहने छ । पथरी ११ ले आयोजना गरेको प्रतियोगिताको मुख्य प्रायोजक इन्ट्रा फाउण्डेशन अमेरीकाले रहेको छ भने मुख्य सहयोग पथरी शनिश्चरे नगरपालीकाले गरेको छ ।

Post Comments