News
उपाधि मकवानपुरे टोली मुन्डियाललाई

बन्दीपुर । एफसी मुन्डियाल, हेटौडाले सोमबार सम्पन्न राष्ट्रब्यापी आमन्त्रित उपमेयर प्रशिक्षणात्मक फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
फाइनल खेलमा मुन्डियालले चर्च ब्वाईज युनाइटेडलाई २–० ले हरायो । मुन्डियालको जितमा रबी थिङ र हमजतले एक–एक गोल गरे । विजेता बनेको मुन्डियालले उपाधिसहित नगद २,२२,२२२ रुपैयाँ हात पार्यो भने उपविजेता चर्च ब्वाईजले १,११,१११ रुपैयाँमा चित्त बुझायो ।
विजयी खेलाडीहरुलाई पूर्वमन्त्री अजय नायक तथा कर्जन्हा नगरपालिका, सिरहाका उपमेयर ज्ञानु श्रेष्ठ लगायत अन्य अतिथीहरुले पुरस्कृत गरेका थिए ।
Post Comments