News रामग्राम कप यही असोज १२ गतेदेखि
सुरज राना मगर

रामग्राम । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ यही असोज १२ गतेदेखि प्रथम रामग्राम कप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

साझा युवा क्लब, रामग्राम–१२, पचगवाँ, परासीको आयोजनामा आयोजक क्लब कै स्थानीय खेलमैदानमा हुन गईरहेको प्रतियोगिताको टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ३५०० तोकिएको छ ।

रामग्राम नगरपालिका, नवलपरासीको विशेष सहयोग रहने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५०,१०० हात पार्नेछ भने उपविजेताले २५,१०० नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

प्रतियोगिताबारे विस्तृत जानकारीका लागि सम्पर्क नम्बरहरु 9817488523, 9812906316 मा सम्पर्क गर्न सकिने पनि आयोजकले जनाएको छ ।

Post Comments