News ताप्लेजुङको सिरिजंघामा कार्तिक १० गते देखि खेबाङ गोल्डकप हुने
गोलनेपाल

ताप्लेजुङको सिरिजंघा गाउँपालिकामा खेबाङ गोल्डकपको सातौँ संस्करण सञ्चालन हुने भएको छ ।

आगामी कात्तिक १० गतेदेखि १६ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने तयारी भईरहेको खेबाङ स्पोटिङ क्लबका अध्यक्ष विनम माबोले जानकारी दिनुभयो।

गोल्डकप सिरिजंघा गाउँपालिका ७ खेबाङमा सञ्चालन हुनेछ।

प्रतियोगितामा जिल्ला बाहिरका नेपाल पुलिस क्लब कोशी प्रदेश, रेड स्टार फुटबल क्बल झापा र कुम्मायक गाउँपालिका पाँचथरले सहभागिता जनाउनेछन् । बाँकी ताप्लेजुङका तेल्लो स्पोर्टिङ क्लब तेल्लोक, लालीगुराँस स्पोर्टिङ क्लब सुरुम्खिम, नैना कम्पनी प्रालि खेबाङ, पेदाङ स्पोर्टिङ क्लब पेदाङ र आयोजक खेबाङ स्पोर्टिङ क्लबले प्रतिष्पर्धा गर्नेछन् ।

प्रतियोगिताको बिजेता १ लाख ५१ हजार १ सय ११ रुपैयाँ र उपबिजेताले १ लाख १ हजार १ सय ११ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तै गोल्डकपमा बिभिन्न बिधामा उत्कृष्ट हने खेलाडीलाई समेत उचित नगद पुरस्कारको ब्यबस्था गरिएको आयोजकले जनाएको छ ।

Post Comments