News
झापा एक–काठमाडौं कप फुटसल प्रतियोगिता स्थगित
काठमाडौं । भारी बर्षाका कारण असोज १२ गते शनिवार हुने तय भएको झापा एक–काठमाडौं कप फुटसल प्रतियोगिता स्थगित भएको छ । डिएभी स्कुल जावलाखेल, ललितपुरमा हुने भनिएको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको थियो । अब सो प्रतियोगिता मंसीर १ गते शनिवार हुने आयोजक संस्थाले जानकारी दिएको छ ।
झापा १ संघीय सांसद सचिवालय र नेपाली कांग्रेस झापा १–काठमाडौं सम्पर्क समितिले संयुक्त रुपमा आयोजना गर्ने तय भएको प्रतियोगिता बर्षाका कारण स्थगित गर्नु परेको आयोजक संस्था झापा १–काठमाडौं सम्पर्क समितिका अध्यक्ष प्रज्वल कोइरालाले जानकारी दिए । खेल स्थगितबाट पर्न गएको असुविधाप्रति आयोजकले क्षमायाचना गरेको छ ।
Post Comments
Related News
- एसपिडब्लुजे ‘ए’ लाई प्रथम नखिपोट फोक्स महिला फुटसल कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- विजेता हिमालयनको उपाधि रकम सबै बाढीपिडितलाई सहयोग
- ज्ञानज्योति स्कुल बन्यो प्रथम ज्ञानसिन्धु फुटसल कपको च्याम्पियन
- एओएफ युनाइटेडलाई चौथो थारु ६ ए साइड फुटसल प्रतियोगिता–२०८३ को उपाधि