News दोस्रो जहरसिंहपौवा कपः जिवाइसी, धारापानी र शंखरापुरको जित
गोलनेपाल

काठमाडौं । दोस्रो जहर सिंह पौवा कप खुला नकआउट फुटबल प्रतियोगिता अन्तर्गत बिहीबार तीन खेलहरु सम्पन्न भएका छन् । दिनको पहिलो खेलमा जिवाइसीले माउण्ट एभरेष्टलाई ६–० को फराकिलो अन्तरले हरायो ।

जिवाइसीको जितमा निमा शेर्पा, प्रकाश बस्नेत, साजन महर्जन, सन्जु तामाङ, अनिष तामाङ र रबिन थापाले गोल गरे । खेलमा जिवाइसी कै निमा शेर्पा म्यान अफ द म्याच चुनिए ।

दोस्रो खेलमा धारापानीले के.एस. लाई टाईब्रेकरमा ४–२ ले हरायो । त्यसअघि निर्धारित समयको रोमाञ्चक खेल दुवै टोलीले ३–३ गोलको बराबरी खेलेका थिए ।

निर्धारित समयतर्फ धारापानीका लागि सुनिल तामाङ, लक्ष्मण लामा र खडग बहादुर गुरुङले गोल गरेका थिए । उता के.एस. का लागि भने भुपेन्द्र खड्काले दुई गोल गरे भने थप एक मन्जित घलानले गरे । टाईब्रेकरमा भने धारापानीले नतिजा आफ्नो पक्षमा पार्यो ।

त्यस्तै तेस्रो खेलमा शंखरापुर–४ ले डि.डि.वाई.सी. लाई टाईब्रेकरमा ३–१ ले पराजित गर्यो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

जहरसिंह पौवा युथ क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,२२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,११,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै तेस्रो स्थान हासिल गर्ने टोलीले पनि नगद ५५,५५५ रुपैयाँ प्राप्त गर्ने आयोजकले जानकारी दियो । फाइनल खेल यही असोज २३ गतेका दिन हुनेछ ।

Post Comments