
घोराही । जागृति टोल बिकास सस्था, मग्जै दाङको आयोजना तथा मज्गै फुटबल क्लबको सह–आयोजनामा सम्पन्न स्व. रबि बस्नेत स्मृति कप नकआउट फुटबल प्रतियोगिताको उपाधि न्यु स्टार फुटबल एकेडेमी, नारायणपुर, दाङले जितेको छ ।
फाइनलमा न्यु स्टारले बुद्ध स्पोर्टस क्लबमाथि शून्यका विरुद्ध ३ गोलको प्रभावशाली जित निकाल्दै उपाधिमाथि कब्जा जमाउन सफल भएको हो । विजेता बनेको न्यु स्टारले उपाधिसहित नगद ३० हजार हात पार्दा उपविजेता बुद्ध स्पोर्टसले १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
विधागततर्फ उत्कृष्ट गोलरक्षक न्यु स्टारका समर्पण थापा बन्दा उत्कृष्ट डिफेन्डर पनि न्यु स्टार कै विनायक बिक चुनिए । उत्कृष्ट मिडफिल्डर पनि न्यु स्टारका दिपेश पुन बन्दा उत्कृष्ट फरवार्ड बुद्ध स्पोर्टसका समित पुन चुनिए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भने न्यु स्टारका भिमसेन थापा घोषित भए ।