News इनरुवा सेमिफाइनल प्रवेश गर्ने अन्तिम टोली
गोलनेपाल

इनरुवा । आयोजक इनरुवा फुटबल क्लब यहाँ जारी इनरुवा कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने चौथो र अन्तिम टोली बनेको छ ।

इनरुवाले चौथो क्वाटरफाइनलतर्फ मिरमिरे फुटबल क्लबलाई २–१ ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । इनरुवाको जितमा सवन ढकाल र आदित्य राना मगरले गोल गरे । पराजित मिरमिरेका लागि अभिषेकले एक मात्र गोल फर्काएका थिए ।

खेलमा इनरुवाका आदित्य राना मगर म्यान अफ दि म्याच चुनिए । प्रतियोगिता अन्तर्गत असोज २० गतेको पहिलो सेमिफाइनल खेल इनरुवा फुटबल क्लब, इनरुवा र रुसडेक फुटबल क्लब, तरहरा बीच हुने आयोजकले जानकारी दियो ।

 

Post Comments