News
दमकलाई झापा मिडिया कपको उपाधि

बुधबारे । झापा मिडिया कपको उपाधि पत्रकार मञ्च दमकले जितेको छ। भद्रपुर प्रेस क्लबलाई ३-१ गोलअन्तरले पराजित गर्दै दमकले उपाधि जितेको हो ।
बुद्धशान्ति प्रेस क्लबको आयोजनामा भएको मिडिया कपको फाइनल खेलमा जित दर्ता गरेपछि दमकले नगद २५ हजारसहित ट्रफी पाएको छ । उपविजेता भद्रपुरले १५ हजारमा चित्त बुझायो ।
दमकको जितका लागि शिशिर उप्रेतीले दुई गोल गरे भने राम भेटवालले एक गोल गरे। भद्रपुरका लागि रोजन पाठकले एक गोल फर्काएका थिए । प्रतियोगिताको उत्कृष्ट खेलाडी दमकका सुशन राई घोषित भए ।
यसैगरी, उत्कृष्ट मिडफिल्डर दमकका शिशिर उप्रेती, उत्कृष्ट गोलरक्षक दमकका चिरञ्जीवी घिमिरे, उत्कृष्ट डिफेन्डर भद्रपुरका रोजन पाठक, उत्कृष्ट प्रशिक्षक दमकका बादल माझी भए । उनीहरूलाई स्थानीय उत्पादन मुढा र रोङ गाउँपालिकाको उत्पादन गुन्द्रुक र चिया दिइएको थियो।
प्रतियाेगितामा बुद्धशान्ति, अर्जुनधारा, भद्रपुर, मेचीनगर, कनकाइ र दमकसहित झापाका ६ वटा पालिकास्तरीय प्रेस क्लब र नेपाल खेलकुद पत्रकार मञ्च झापाको टोली मिडिया कपमा सहभागी थिए ।
Post Comments